Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रुपन्देहीमा गतबर्षको तुलनामा कम राजस्व असुली


१, साउन २०८०
  • 197
    SHARES
  • रुपन्देहीमा गतबर्षको तुलनामा कम राजस्व असुली

    बुटवल । रुपन्देहीमा गतबर्षको तुलनामा यसबर्ष पूँजीगत खर्च बढेको पाईएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले सोमबार भैरहवामा आर्थिक बर्ष २०७९/०८० को तथ्यांङ्क सार्वजनिक गर्दै आर्थिक बर्ष २०७८/०७९ को तुलनामा आर्थिक बर्ष २०७९/०८० मा पूँजीगत खर्च बढेको जनाएको हो ।

    कार्यालयका अनुसार आर्थिक बर्ष २०७९/०८० मा बिनियोजित रकमको ८८ प्रतिशत रकम खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक बिष्णुप्रसाद ज्ञवालीका अनुसार जिल्लाका लागि आर्थिक बर्ष २०७९/०८० मा ४२ अर्ब २ करोड ६९ लाख ६३ हजार ४ सय ५१ रुपैयाँ बिनियोजित भएको र त्यसमध्ये चालु र पूँजीगत गरी कुल खर्च ८८ प्रतिशत अर्थात् ३७ अर्ब १ करोड ८१ लाख ५७ हजार ८ सय ६५ रुपैयाँ खर्च भएको उल्लेख छ । 

    आर्थिक बर्ष २०७९/०८० मा रुपन्देहीमा पूँजीगत खर्च ७१ प्रतिशत भएको बताईएको छ । पूँजीगत तर्फ ७ अर्ब १७ करोड ३५ लाख ९३ हजार ४ सय ४० रुपैयाँ मध्ये ५ अर्ब ८ करोड ६० लाख ९९ हजार १ सय १२ रुपैयाँ खर्च भएको जनाईएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले उपलब्ध गराएको तथ्यांङ्क अनुसार पूँजीगत तर्फ असार महिनामा मात्रै कुल खर्चको ३०.७७ प्रतिशत अर्थात् २ अर्ब २० करोड ७० लाख ८० हजार ९ सय ५८ रुपैयाँ खर्च भएको छ । जिल्लामा पूँजिगत तर्फ केही कम खर्च भएको देखिएपनि यो भने सन्तोषजनक नै मान्न नसकिने कार्यालय प्रमुख ज्ञवालीको भनाई छ । उनले आर्थिक बर्ष २०७८/०७९ को तुलनामा आर्थिक बर्ष २०७९/०८० मा पूँजीगत खर्चमा बृद्धि भएको बताए ।

    उनले भने “आर्थिक बर्ष २०७८/०७९ मा रुपन्देहीमा ४६ प्रतिशत मात्र पूँजीगत खर्च भएको थियो । स्थानिय तहमा चालु र पूँजीगत खर्च तर्फगरी सबैभन्दा बढी सियारी गाउँपालिकाले ८७.१५ प्रतिशत खर्च गरेको छ । सियारीले ७५ करोड ८८ लाख ५० हजार मध्ये ६६ करोड १३ लाख २१ हजार खर्च गरेको प्रमुख कोष नियन्त्रक ज्ञवालीले जनाए । जिल्लामा १६ वटा स्थानिय तहहरु रहेका छन् । जसमध्ये सबैभन्दा कम खर्च मर्चवारी गाउँपालिकाले गरेको छ । मर्चवारी गाउँपालिकाको कुल बजेट ५२ करोड २७ लाख २० हजार मध्ये ३३ करोड ७६ लाख ६७ हजार रुपैयाँ अर्थात् ६४.६० प्रतिशत मात्रै खर्च भएको छ ।

    खर्च बढेपनि जिल्लामा गतबर्षको तुलनामा निकै कम राजस्व असुली भएको बताईएको छ । देशको दोस्रो ठूलो भन्सार मानिने भैरहवा भन्सारमा आयात निर्यात प्रभावित हुँदा रुपन्देहीमा गतबर्षको भन्दा पनि कम आम्दानी भएको तथ्यांङ्कले देखाएको छ । गत बर्षको भन्दा यसबर्ष आम्दानीको लक्ष्य बढी रहेपनि आम्दानी भने गत बर्ष भन्दा पनि कम भएको छ । जिल्लाको सबै भन्दा ठूलो आम्दानीको स्रोत भैरहवा भन्सार कार्यालयले नै लक्ष्य अनुसारको राजस्व असुल्न नसकेपछि आर्थिक बर्ष २०७८/०७९ को तुलनामा आर्थिक बर्ष २०७९/०८० मा २९ प्रतिशतले राजस्वमा कमि आएको छ ।

    कोष तथा लेखा नियन्त्रण कार्यालयले उपलब्ध गराएको तथ्यांङ्क अनुसार आर्थिक बर्ष २०७८/०७९ मा रुपन्देहीमा १ खर्ब ४३ अर्ब ६४ करोड ५६ लाख ६० हजार २ सय ५१ रुपैयाँ ८४ पैसा राजस्व असुली भएकोमा यसको तुलनामा आर्थिक बर्ष २०७९/०८० मा १ खर्ब २ अर्ब २२ करोड ३० लाख ३७ हजार ८ सय ९० रुपैयाँ ६३ पैसा मात्रै राजस्व असुली भएको प्रमुख कोष नियन्त्रणका प्रमुख ज्ञवालीले बताए । यसबर्ष गत बर्षको भन्दा ४१ अर्ब ४२ करोड २६ लाख २२ हजार ३ सय ६१ रुपैयाँ २१ पैसा कम राजस्व असुली भएको जनाईएको छ ।

    यस्तै जिल्लामा हाल सबैभन्दा बढी राजस्व भैरहवा भन्सार कार्यालयले असुल गरेको छ । भन्सारले ७६ अर्ब ८९ करोड ५ लाख ९८ हजार १ सय ८४ रुपैयाँ असुल गरेको कोष नियन्त्रण कार्यालयले जनाएको छ । यस्तै आन्तरिक राजस्व कार्यालय भैरहवाले पनि १२ अर्ब २३ करोड ८० लाख ७ हजार ४ सय ८४ रुपैयाँ र आन्तरिक राजस्व कार्यालय बुटवलले १० अर्ब ३६ करोड ३३ लाख ८ हजार २१ रुपैयाँ असुल गरेको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend