Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ट्रकको ठक्करबाट एक जनाको मृत्यु


२७, माघ २०८१
  • 266
    SHARES
  • ट्रकको ठक्करबाट एक जनाको मृत्यु

    तुलसीपुर । तुलसीपुरको हात्तीखौवा चोकनजिक ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतक तुलसीपुर उपमहानगरपालिका ७ का ५६ वर्षीय जंगबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ ।

    घोराही–तुलसीपुर सडकखण्डको तुलसीपुर –६ हात्तीखौवा चोकनजिक आइतबार दिउँसो ३ बजेतिर घोराहीतर्फ जाँदै गरेको ना ६ ख ५९२२ नम्बरको ट्रकले लु.प्र.०२–००१ प २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–७ का ४७ वर्षीय तीर्थबहादुर खत्री गम्भीर घाइते हुनुभएको छ ।

    उहाँको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका –१६ का ४५ वर्षीय जयराम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने ट्रक तराई यातायात व्यवसायी सङ्घको रहेको प्रहरीले जनाएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend