Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

१९ वाणिज्य बैंकले बोलाए साधारणसभा, ११ बैंकको लाभांश घोषणा


२९, माघ २०८१
  • 188
    SHARES
  • १९ वाणिज्य बैंकले बोलाए साधारणसभा,  ११ बैंकको लाभांश घोषणा

    काठमाडौँ । १९ वटा बैंकले यो वर्षको साधारणसभा बोलाएका छन् । सञ्चालनमा रहेको बीस वाणिज्य बैंकमध्ये नेपाल बैंकबाहेक सबै बैंकले साधारणसभा आह्वान गरेका हुन् । यसमध्ये १७ बैंकको साधारणसभा सम्पन्न भइसकेको छ भने दुई बैंकको साधारणसभा हुन बाँकी छ ।

    यसरी साधारणसभा हुन बाँकी बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईसी एशिया बैंक रहेका छन् । एनआईएमबीको फागुन १५ गते र एनआईशी एशियाको फागुन २२ गते साधारणसभा हुनेछ ।

    एनआईशी एशियाले मंगलबारमात्रै साधारणसभा घोषणा गरेपछि यो संख्या १९ पुगेको हो । नेपाल बैंकले भने साधारणसभा बोलाएको छैन, बैंकले यो वर्ष लाभांश भने नदिने उल्लेख गरेको छ ।

    यो वर्ष सबै वाणिज्य बैंकले लाभांशसम्बन्धी निर्णय गर्दा ११ बैंकले लाभांश घोषणा गरेका छन् । नौ वाणिज्य बैंकले लाभांश दिन सकेनन् । यसरी लाभांश दिन नसक्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, एनआईशी एशिया बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक, कुमारी बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।

    गत वर्ष आठ बैंकले लाभांश दिएका थिएनन् । त्यसरी लाभांश नदिने बैंकहरुमा नेपाल बैंक, प्रभु बैंक, कुमारी बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल बैंक र सिटिजन्स बैंक रहेका थिए ।

    पोहोर लाभांश दिन नसकेका कृषि विकास, प्राइम र सिटिजन्स बैंकले लाभांश दिएका छन् । पोहोर लाभांश दिएर यो वर्ष दिन नसक्नेमा राष्ट्रिय वाणिज्य, सिटिजन्स, एनआईशी एशिया, र माछापुच्छ्रे बैंक रहेका छन् । दुवै वर्ष लाभांश दिन नसक्ने बैंकहरुमा सिद्धार्थ, नेपाल एसबीआई, लक्षी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सानिमा, ग्लोबल आईएमई र एभरेष्ट बैंक रहेका छन् ।

    लाभांश घोषणा गरेका ११ बैंकमध्ये यो वर्ष ५ बैंकले दोहोरो अंकमा लाभांश दिन सफल भएका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सर्वाधिक २५.५० प्रतिशत, एभरेष्ट बैंकले १५.५३ प्रतिशत, नेपाल एसबीआई बैंकले १०.६५ प्रतिशत, कृषि विकास बैंक १०.५३ प्रतिशत र नबिल बैंक १० प्रतिशतसहित दोहोरो लाभांश दिने बैंकको सूचीमा रहेका छन् ।

    यसबाहेक ग्लोबल आईएमईले ५.५० प्रतिशत, सानिमा र लक्ष्मी सनराइज बैंकले समान ५.२६ प्रतिशत, प्राइम कमर्शियल बैंकले ५ प्रतिशत, सिटिजन्स बैंकले ४.२१ प्रतिशत र सिद्धार्थ बैंकले ४ प्रतिशत लाभांश वितरण गरेका हुन् ।

    गत वर्ष एनआईशी एशिया बैंकले सर्वाधिक ३०.५२ प्रतिशत लाभांश दिएको थियो । त्यस्तै, एभरेष्टले २०.५३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले २९ प्रतिशत, सानिमा बैंकले १४.७० प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत, नबिल बैंकले ११ प्रतिशत र नेपाल एसबीआई बैंकले १०.५५ प्रतिशत लाभांश दिएका थिए ।

    त्यस्तै, ग्लोबल आईएमई बैंकले ९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ७.३७ प्रतिशत, सिटिजन्स बैंक ५.७९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ५.५० प्रतिशत र सिद्धार्थ बैंकले ४.२१ प्रतिशत बराबरको लाभांश घोषणा गरेका थिए ।

    प्रस्तुत विवरण अनुसार १० बैंकको लाभांश घटेको छ, पाँचवटा बैंकको बढेको छ भने बाँकी पाँच बैंकको लाभांश शुन्यमा स्थिर रहेको देखिएको छ ।

    विगत दुई वर्षमा दुवैपटक लाभांश दिएका बैंकको लाभांशको प्रकृति यसपटक परिवर्तन भएको छ । गत वर्ष कुल बोनस सेयरबापत ४८.०१ प्रतिशत बोनस सेयर दिँदा यो वर्ष यो ३७.२६ प्रतिशतमा घटेको छ ।

    खासगरी पाहोर आकर्षक बोनस सेयर घोषणा गरेका एनआईशी एशिया बैंक र माछापुच्छ्रे बैंकले यसपटक लाभांश नदिँदा यो फरक देखिएको हो ।

    यो वर्ष बोनस सेयर भन्दा नगद लाभांशलाई बैंकहरुले बढी केन्द्रित गरेको देखिन्छ । लाभांश वितरण गर्ने निर्णय गरेका बैंकमध्ये ६ वटाले बोनस सेयर र १० वटा बैंकले नगद लाभांश दिँदा यो वर्ष ७ वटा बैंकले बोनस सेयर दिँदा १२ वटाले नगद लाभांश दिएका छन् ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend