Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर


१८, फागुन २०८१
  • 122
    SHARES
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

    आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७० पैसा र बिक्रीदर १४० रुपियाँ ३० पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर १४५ रुपियाँ २४ पैसा र बिक्रीदर १४५ रुपियाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपियाँ ८४ पैसा र बिक्रीदर १७६ रुपियाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ७३ पैसा र बिक्रीदर १५५ रुपियाँ ४० पैसा कायम गरिएको छ ।

    यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८२ पैसा र बिक्रीदर ८७ रुपियाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ७८ पैसा र बिक्रीदर ९७ रुपियाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ६० पैसा र बिक्रीदर १०४ रुपियाँ ०४ पैसा निर्धारण भएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १९ पैसा र बिक्रीदर १९ रुपियाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३३ पैसा र बिक्रीदर ३८ रुपियाँ ५० पैसा कायम भएको बैंकले जनाएको छ ।

    यस्तै, थाई भाट एकको खरिददर चार रुपियाँ ०९ पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०४ पैसा र बिक्रीदर ३८ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ३१ पैसा र बिक्रीदर ३१ रुपियाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ९८ पैसा र बिक्रीदर १३ रुपियाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४७ पैसा र बिक्रीदर १९ रुपियाँ ५६ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९६ पैसा र बिक्रीदर १८ रुपियाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ ३५ पैसा र बिक्रीदर ४५४ रुपियाँ ३०  पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ६६ पैसा र बिक्रीदर ३७२ रुपियाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपियाँ ८६ पैसा र बिक्रीदर ३६४ रुपियाँ ४२ पैसा निर्धारण गरेको छ । त्यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । 

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । - रासस 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend