Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, कारोबार रकम १४ अर्ब बढी


१८, फागुन २०८१
  • 117
    SHARES
  • नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, कारोबार रकम १४ अर्ब बढी

    काठमाडौँ । हप्ताको पहिलो कारोबार दिन आज शेयरबजार परिसूचक नेप्से उच्च अङ्कले बढेको छ । आज नेप्से ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० दशमलव २८ बिन्दुमा पुगेको छ ।

    गएको मङ्गलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि बिहिवार ४९ अङ्क भन्दा धेरैले बढेको नेप्से आज पनि उच्च अङ्कले बढेको हो । नेप्से गएको भदौ ९ गतेयताकै उच्च बिन्दुमा पुगेको हो ।

    भदौ ९ गते नेप्से परिसूचक बजार बन्द हुँदा दुई हजार आठ सय ९४ बिन्दुमा थियो । नेप्सेसँगै कारोबार रकम पनि भदौपछिकै उच्च भएको छ ।

    आज बजारमा १४ अर्ब २५ करोड रूपैयाँको कारोबार भएको छ । गएको भदौ ११ गते १८ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएको थियो ।

    त्यसपछि आज पहिलोपल्ट कारोबार रकम १४ अर्ब रुपैयाँ नाघेको हो । आज म्यूचुअल फण्ड बाहेक सबै उपसमूहको शेयर बढेकोमा फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा र उत्पादन समूहको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । आज पाँच वटा कम्पनीमा सकरात्मक सर्किट लागेको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend