Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रास्वपाका केन्द्रीय सदस्य थापा अमेरिकन इमिग्रेसनको हिरासतमा


१८, फागुन २०८१
  • 177
    SHARES
  • रास्वपाका केन्द्रीय सदस्य थापा अमेरिकन इमिग्रेसनको हिरासतमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेको पुष्टि भएको छ । रास्वपा नेता मनिष झाले थापा अमेरिकन इमिग्रेसनको हिरासतमा परेको जानकारीमा आएको बताएका छन् ।

    ‘रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारीमा आएको छ’, झाले भनेका छन् । झाले आइतबार थापाले यसअघि नै ब्यक्तिगत कानुनी प्रक्रियाहरु स्पस्ट र समाधान गर्नुपर्ने र सो किनारा नलागेसम्मका लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर गएको पनि बताएका छन् ।

    थापा गतहप्ता अमेरिकाका पेन्सिलभेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको स्रोतको भनाइ छ । थापा अहिले फिलाडेल्फिया संघीय हिरासतमा रहेकाे बताइएकाे छ । गत हप्तामात्र कतार हुँदै अमेरिका पुगेका थिए । उनी अमेरिका पुगेलगत्तै पक्राउ परेका थिए ।

    अमरिकी आप्रवासन तथा भन्सार प्रबर्तन (आईएस) ले थापालाई पक्राउ गरेको बताइएको छ । थापा अमेरिकी ग्रिनकार्ड होल्डर हुन् । थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग गरेको घटनामा मुद्दा चलेर जेल समेत बसेका थिए ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend