काठमाडौँ । तीन दिनदेखि स्थिर रहेको सुनको मुल्य आज एकैदिन एक हजार चार सय रुपैयाँले बढेको छ ।
सुनको मुल्य आज एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको एक लाख ६८ हजार एक सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज तीन दिनदेखि स्थिर रहेको चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मुल्य २५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको एक हजार नौ सय १५ रुपैयाँ थियो ।