काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको हो ।
यसअघि फागुन १३ गते सुनको मूल्य १ लाख ७१ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि प्रतितोला १९८५ तोकिएको छ ।