Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भीपीएन प्रयोग गरेर मोबाइल बैंकिङ चलाउन नपाइने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन


२३, फागुन २०८१
  • 153
    SHARES
  • भीपीएन प्रयोग गरेर मोबाइल बैंकिङ चलाउन नपाइने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौं । भर्चुअल प्राइभेट नेटवर्क अर्थात भीपीएन प्रयोग गरेर मोबाइल तथा इन्टरनेट बैंकिङ चलाउन नपाइने भएको छ ।

    नेपाल राष्ट्र बैंकले भीपीएनको प्रयोगबाट मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ चलाउन नसकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो ।

    ग्राहकले मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रणाली सञ्चालन वा कारोबार गर्दा भीपीएनको प्रयोग गरे–नगरेको पहिचान गरी आधिकारिक भीपीएनको प्रयोग नभएमा एपमा ‘लगइन’ गर्न नमिल्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

    राष्ट्र बैंकको निर्देशनअनुसार भुक्तानी सेवाप्रदायकले कम्तीमा दुई वर्षमा एक पटक डेटा सेन्टरमा हुन सक्ने जोखिम र त्यसको सुधारको परीक्षण डेटा सेन्टर डिजास्टर ड्रिल गर्नुपर्ने भएको छ । यस्तो परीक्षण सकेपछि केन्द्रीय बैंकमा यसको प्रतिवेदन पेश गर्नुपर्ने उल्लेख छ ।

    त्यस्तै, भुक्तानी सेवाप्रदायक संस्थाहरूले सूचना प्रविधि विभागबाट सूचीकृत भएका संस्थासँग मात्रै डेटा सेन्टर राख्न पाउने भएका छन् ।

    यस्तै भुक्तानी सेवाप्रदायकलाई इन्टरनेटविनाको ‘युएसएसडी बेस्ड पेमेन्ट सिस्टम’ सेवाबापत कारोबार गर्न पाउने दैनिक सीमा अधिकतम १० हजार तोकिएको छ । यद्यपि एक पटकमा पाँच हजारभन्दा बढी कारोबार नहुने उल्लेख छ ।

    यस्तै राष्ट्र बैंकले एउटै खाताबाट एकै प्रकृतिको (डेबिट, क्रेडिट वा प्रिपेड) एकभन्दा बढी कार्ड जारी गर्न नपाइने व्यवस्था गरेको छ ।

    राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक तथा अनुमति प्राप्त सबै वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै यो व्यवस्था लागू गर्न निर्देशन दिएको हो ।

    राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरूले ग्राहकलाई विद्युतीय कार्ड जारी गर्दा आवेदन फारमसँगै कार्डको शुल्क,कारोबार सीमा, ब्याजदर, तथा अन्य सुविधासम्बन्धी सूचनामूलक सामग्री अनिवार्य रूपमा प्रदान गर्नुपर्ने व्यवस्थालाई भने हटाएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend