Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

वाणिज्य बैंकहरुले सात महिनामा कमाए ३६ अर्बभन्दा धेरै नाफा, कुन बैंकको कति ?


२६, फागुन २०८१
  • 145
    SHARES
  • वाणिज्य बैंकहरुले सात महिनामा कमाए ३६ अर्बभन्दा धेरै नाफा, कुन बैंकको कति ?

    काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

    यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १.६२ प्रतिशतले बढेको हो । गत वर्षको माघ मसान्तसम्म बैंकहरूले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । यो बैंकले चालु वर्षको माघसम्म ४ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ । यो बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ९८ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यसैगरी चालु आर्थिक वर्षको माघसम्म एभरेष्ट बैंकले २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ, एनएमबी बैंकले २ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब १८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ८६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ४७ करोड २४ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ३७ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    सात महिनाको अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ६ करोड १७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, सिटिजन्स बैंकले ९० करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकले ७९ करोड ९९ लाख रुपैयाँ, कुमारी बैंकले ७३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका राष्ट्र बैंकले जनाएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend