Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पुनः लयमा फर्कियो रेमिट्यान्स, एकै महिना १३७ अर्ब भित्रियो


२६, फागुन २०८१
  • 131
    SHARES
  • पुनः लयमा फर्कियो रेमिट्यान्स, एकै महिना १३७ अर्ब भित्रियो

    काठमाडौँ । रेमिट्यान्स आप्रवाहले फेरि लय लिन थालेको छ । मंसिर तथा पुसमा घट्दै गएको रेमिट्यान्स माघ महिनामा पुनः लयमा फर्किएको हो । माघ महिनामा मात्रै रेमिट्यान्स आप्रवाह झण्डै १३७ अर्ब रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म विप्रेषण आप्रवाह ९०० अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म यस्तो आप्रवाह ७६३ अर्ब ८ करोड पुगेको छ । योसँगै कुल वृद्धिदर ४.१ प्रतिशतबाट बढेर ७.३ प्रतिशत पुगेको छ । यद्यपि यो वृद्धिदर अघिल्लो वर्षको भन्दा कम हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।

    यसमध्ये अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भइ ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९८५ अर्ब १७ करोड पुगेको बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.९१० अर्ब ७७ करोड रहेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । दुवै संख्या अघिल्लो वर्ष भन्दा बढी हो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend