Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

चैत महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?


२९, फागुन २०८१
  • 150
    SHARES
  • चैत महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

    काठमाडौँ । वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

    शुक्रबारदेखि लागू हुनेगरी सार्वजनिक ब्याजदर अनुसार २० मध्ये १७ वटा वाणिज्य बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैंकले भने ब्याजदर सामान्य घटाएका छन् ।

    चैतमा वाणिज्य बैंकहरूको ब्याजदर व्यक्तिगत मुद्दतीतर्फ औसतमा ५ दशमलव ९३ प्रतिशत कायम भएको छ । फागुनमा यो प्रतिशत औसतमा ६ दशमलव ०१ थियो ।

    चैत महिनामा एनआईसी एशिया बैंकमा पैसा राख्दा सबैभन्दा बढी ६ दशमलव ६ प्रतिशत ब्याज पाइने भएकाे छ । सबैभन्दा कम लक्ष्मी सनराइज र नेपाल एसबीआई बैंकमा ५ दशमलव ५ प्रतिशत मात्रै ब्याज पाइन्छ ।

    २० मध्ये ६ वटा बैंकको व्यक्तिगत मुद्दतीतर्फ पनि ६ प्रतिशतभन्दा कम ब्याजदर रहेको छ । बचततर्फ भने १३ वटा बैंकको ब्याजदर ३ प्रतिशत रहेको छ । बाँकीले ३ दशमलव ०१ देखि ३ दशमलव १ प्रतिशतसम्म ब्याज दिन्छन् ।

    फागुन महिनामा केही बैंकले ब्याजदर बढाएका भए पनि तरलता नघटेपछि चैतमा धेरै बैंकहरूले ब्याजदर स्थिर राख्नुका साथै तीन वटाले घटाएका हुन् ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend