Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नवलपरासीमा घुमुवा प्रहरीकै सेटिङमा चोरी तस्करी


२९, फागुन २०८१
  • 305
    SHARES
  • नवलपरासीमा घुमुवा प्रहरीकै सेटिङमा चोरी तस्करी

    नवलपरासी । पश्चिम नवलपरासीमा दिन दुई गुणा रात चार गुनाका दरले चोरी तस्करी भइरहेको छ । भारतसंग सिमाना जोडिएका नवलपरासीका बिभिन्न नाकाबाट प्रहरीकै मिलोमतोमा तस्करी बढेको एक स्रोतले बताएको छ ।

    भारतबाट नेपालतर्फ सामान तस्करी हुनेमा लत्ताकपडा, कुखुराका चल्ला, चिनी, मार्बल, टायल, किराना, इलेक्ट्रिक, हार्डवेयरका सामान,लगायत अधिकांश गल्लाका सामानहरु ठुलो मात्रामा तस्करी हुदै आएको स्रोतले बताएको हो ।जिल्लाको गेर्मी, सनई , भुजहवा, पचपेडा, बसैया, रामनगर नाकाबाट ठुलो रकम लिई प्रहरीकै सेटिंगमा तस्करी हुदै आएको छ । 

    नवलपरासी जिल्लाको सुरक्षा प्रमुखमा ज्ञानेन्द्र फुइयाल छन् । उनका आन्तरिक घुमुवा प्रहरी हवल्दार शंकर बस्याल, प्रहरी सहायक हवल्दार बिजय यादवले तस्करसँग सेटिङ् मिलाएर तस्करी गराएको खुल्न आएको छ ।

    नवलपरासी जिल्लाको सबै प्रहरी युनिटलाई पछि पार्दै एसपी फुयालको आडमा तस्करी गराएका छन् । नवलपरासीका ठुला तस्करहरु सनइ नाकाबाट तस्करी गराउने बब्लु सिंह , नरेश यादव, जितेन्द्र बनिया, गोपी खान बाट मोटो रकम असुली बस्याल र यादवले तस्करी गराउदै आएका छन ।

    यस्तैगरी गेर्मी नाकाबाट मनोज रौनियार, बलमुकुन्द रौनियार, बेचु तेली, सिकन्दर केवट, अशोक बनिया, मिनु खन्ना, ओमकार गुप्ता,ब्यासमुनी कहार , अमानीगंज नाकाबाट बब्लु कमकर, जगलाल हरिजन , मोहम्मद खां, मणी कहार, राजेश गूप्ता, सुवास हरिजन, भुजहवा नाकाबाट ठुलो मात्रामा तस्करी गर्ने पिन्टु यादव, गोबिन्द बनिया गुप्ता, कलाम मुसलमान, मुराली बनिया, गुप्ता, सुनिल सहानी, अनिल यादव, र बसहिया नाकाबाट ठुलो मात्रामा तस्करी गराउने कपडा तस्कर मामा पाल, लक्ष्मी पाल, पिन्टु, बजरंगी, कवाडी रमेश कानु, बुधेश यादव, सुरेन्द्र मुर्गा लगायतका ठुला तस्करहरुबाट रकम लिई बस्याल र यादवले जिल्लाको बिभिन्न नाकाबाट राति १० बजेदेखि ३ बजे सम्म तस्करी गराउदै आएका छन । 

    उनीहरुले तस्करलाई समातेको देखाउनका लागी घरायसी प्रयोजनका लागि थोरै सामान ल्याउँदा प्रहरीले चेकजाँच गरी पक्राउ गरी दुख दिने गरेको स्थानियले आरोप लगाएका छन ।

    घुमुवा प्रहरी बस्याल र यादवले एसपी फुइयाललाई गुमराह गरी तस्करी गराउदै आएको रुपन्देही खबर स्रोतले बताएको छ । भने उक्त अवैध कारोबारमा भारतीय मोटरसाइकल प्रयोग भइरहेका छन् । यसरी खुलेआम तस्करी भइरहँदा पनि स्थानीय प्रशासन मौन छ । तस्करीका घटना बाहिर आउँदा पनि कारबाही गर्ने निकाय चुप रहेको छ । 

    यसैबीच जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख एसपी ज्ञानेन्द्र फुयाललाई सोधिएको प्रश्नको जवाफ दिँदै यस बिषयमा जानकारी लिदा प्रहरीको मिलोमतोमा चोरी तस्करी हुने कुरै भएन भन्दै बस्याल र यादव त्यो प्रयोजनका लागी नखटेको बताएका छन् । उनले यस बिषयमा थप जाचबुझ गर्ने बताएका छन् ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend