Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नागरिक लगानी कोषद्वारा पुस मसान्तसम्ममा दुई खर्ब भन्दा बढी लगानी


४, चैत २०८१
  • 128
    SHARES
  • नागरिक लगानी कोषद्वारा पुस मसान्तसम्ममा दुई खर्ब भन्दा बढी लगानी

    काठमाडौँ । नागरिक लगानी कोषले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई खर्ब भन्दा बढी लगानी गरेको छ ।

    कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष प्रा.डा सूर्यबहादुर थापाले चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषले सञ्चालन गरेको आयोजनाहरूमा २ खर्व ६४ अर्ब ७८ करोड लगानी गरेको जानकारी दिए ।

    सोही अवधिमा दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत सङ्कलन गर्न कोष सफल भएको उनले बताए । उनले आगामी दिनमा मुलुकको आर्थिक वृद्धिदरमा टेवा पुराउनका साथै रोजगारी सिर्जना गर्न कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गर्नुपर्ने आवश्यकता महसुस भएको बताए ।

    कोषको लगानीलाई उचित व्यवस्थापनका लागि सबै निकायसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ छ ।

    कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्यायले कोषलाई सेवाप्रतिको जबाफदेहिता, पारदर्शिताका साथै सेवा सुधार गर्दै जानुपर्ने धारणा राखे ।

    त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषको लगानी रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरूमा केन्द्रित गर्नुपर्ने धारणा राखे ।

    विक्रम सम्वत २०४७ मा स्थापना भएको नागरिक लगानी कोषको करोडको चुक्ता पुँजी अहिले ६ अर्ब ४८ पुगेको छ । कार्यक्रमका विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend