Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एक महिनामा बैंकहरुको निक्षेप विस्तार ४० अर्ब, कर्जा पौने २३ अर्ब


५, चैत २०८१
  • 137
    SHARES
  • एक महिनामा बैंकहरुको निक्षेप विस्तार ४० अर्ब, कर्जा पौने २३ अर्ब

    काठमाडौं । एक महिनामा बैंकहरुको निक्षेप ४० अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार २० वटा वाणिज्य बैंकले फागुन महिनाको अवधिमा ३९ अर्ब ९९ करोड रुपैयाँ निक्षेप थपेका हुन् । यही अवधिमा बैंकहरुको कर्जा लगानी २२ अर्ब ७४ करोड रुपैयाँले विस्तार भएको संघको तथ्यांक छ । 

    यो अवधिमा १५ वाणिज्य बैंकले निक्षेप बढाउँदा ५ वाणिज्य बैंकको निक्षेप घटेको छ । कर्जा लगानीतर्फ पनि १५ बैंकले लगानी बढाउँदा ५ बैंकको घटेको बैंकर्स संघले जनाएको छ । 

    कुन बैंकको कस्तो अवस्था

    यो अवधिमा निक्षेप संकलन घटेका वाणिज्य बैंकहरुमा कृषि विकास बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र एनआईसी एशिया बैंक रहेका छन् । एक महिनाको अवधिमा कुमारी बैंकको निक्षेप ५ अर्ब २८ करोडले घट्दा एनआईसी एशिया बैंकको निक्षेप ३ अर्ब ६४ करोड, कृषि विकास बैंकको ३ अर्ब ५० करोड, नेपाल एसबीआई बैंकको ८९ करोड र माछापुच्छ्रे बैंकको २६ करोडले निक्षेप घटेको छ ।

    निक्षेप संकलनमा विस्तार गर्ने वाणिज्य बैंकमध्ये एभरेष्ट बैंकको ६ अर्ब ७५ करोड, एनएमबि बैंकको ५ अर्ब ८३ करोड, नेपाल बैंकको ५ अर्ब ६९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ९७ करोड तथा ग्लोेबल आईएमई बैंकको ४ अर्ब ३ करोड रहेका छन् । लक्ष्मी सनराइज बैंक, नबिल बैंक, प्रभु बैंक, प्राइम कमर्शिय बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले पनि ३ अर्ब भन्दा धेरैको निक्षेप विस्तार गरेका छन् । 

    कर्जातर्फ यो अवधिमा एनआईसी एशियाको २ अर्ब ५५ करोड, ग्लोबल आईएमई बैंकको १ अर्ब ५१ करोड, सिद्धार्थ बैंकको ९३ करोड, कुमारी बैंकको ४८ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४ करोड खुम्चिएको छ ।

    यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक ५ अर्ब ६७ करोड रुपैयाँ बराबरको थप कर्जा विस्तार गर्दा एभरेष्ट बैंक ३ अर्ब ३६ करोड, लक्ष्मी सनराइज बैंक ३ अर्ब ११ करोड, प्राइम कमर्शियल बैंक २ अर्ब ८० करोड, नबिल बैंक २ अर्ब ५६ करोड तथा सानिमा बैंकको २ अर्ब ३४ करोडले कर्जा विस्तार भएको छ । अरु बैंकको कर्जा विस्तार २ अर्ब भन्दा कम छ ।

    निक्षेप र कर्जाको यो विस्तारसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.२९ पुगेको छ । यो भनेको बैंकले निक्षेको कति प्रतिशत बराबर कर्जा दिएका छन् भन्ने हो । अहिले बैंकले निक्षेपको ९० प्रतिशतसम्म कर्जा दिनसक्ने व्यवस्था छ । यसमध्ये अहिले सबैभन्दा धेरै सीडी रेसियो माछापुच्छ्रे बैंकको ८५.६५ प्रतिशत रहँदा सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६८.४८ प्रतिशत रहेको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend