Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दाङको राप्ती गाउँपालिकामा फोहरबाट इन्टरलक र टायल उत्पादन शुरू


११, चैत २०८१
  • 140
    SHARES
  • दाङको राप्ती गाउँपालिकामा फोहरबाट इन्टरलक र टायल उत्पादन शुरू

    दाङ । दाङको राप्ती गाउँपालिकामा फोहरबाट इन्टरलक र टायल उत्पादन गर्न शुरू भएको छ । राप्ती गाउँपालिका–२ पुण्यपुरमा प्लास्टिकजन्य फोहरबाट इन्टरलक र टायल उत्पादन शुरू भएको हो ।

    पालिकाभित्रको प्लास्टिकजन्य फोहरबाट मोहर बनाउने अभियान अनुसार यो कार्य गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । फोहरमुक्त पालिका निर्माणका लागि पालिकाले इको फ्यामिली प्रालि हेटौँडासँग सहकार्य गरेको हो ।

    अध्यक्ष विष्टले फर्निचरजन्य सामग्रीसँगै टाँक, कपडाबाट कपास र जैविक वस्तुबाट मल उत्पादनको तयारी भइरहेको पनि जानकारी दिए । स्वच्छ र हरित पालिका निर्माण गर्नुका साथै अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

    साथै पालिकाले सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन ‘सरसफाइ रनिङ शिल्ड’ कार्यक्रम पनि शुरू गरेको छ । यसले वडास्तरमा सरसफाइ गर्ने प्रतिस्पर्धा गराउने गरेको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend