Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण : विश्व बैंक


११, चैत २०८१
  • 124
    SHARES
  • नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण : विश्व बैंक

    काठमाडौँ । विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहेको जनाएको छ ।

    आज नेपाल राष्ट्रगत आर्थिक परिदृश्य नामक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र यसमा रेमिट्यान्सको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेको हो ।

    चरम गरिबी निवारणमा सफलता हासिल गरे पनि नेपालको आर्थिक वृद्धि भने कमजोर रहेको विश्व बैंकले जनाएको छ ।

    प्रतिवेदन अनुसार सन् १९९६ देखि २०२३ अवधिमा नेपालको अर्थतन्त्र वार्षिक औसतमा ४ दशमलव २ प्रतिशतले बढेको छ । याे दक्षिण एशियाका आठ देशमध्ये छैटौं स्थानमा पर्छ । नेपालभन्दा पछाडि माल्दिभ्स र श्रीलङ्का छन् ।

    नेपालको आर्थिक वृद्धि कमजोर हुनुमा निर्यातमा गिरावट, औद्योगिक क्षेत्रको गतिहीनता र न्यून उत्पादकत्व जस्ता चुनौती रहेका प्रतिवेदनको निष्कर्ष छ ।

    यस्तै गैरकृषि क्षेत्रमा रोजगारी सिर्जना सुस्त भएको र आन्तरिक रोजगारी अवसर सीमित हुँदा युवा श्रमिक वैदेशिक रोजगारीमा जान बाध्य भएको समेत प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा भविष्यमा सुदृढ आर्थिक वृद्धि हासिल गर्न नेपालले आन्तरिक अवसरलाई खुला गर्ने नीतिगत व्यवस्थालाई प्राथमिकता दिनुपर्ने सुझाव छ ।

    हरेक पाँच वर्षमा तयार गर्ने ‘नेपाल : राष्ट्रगत आर्थिक परिदृश्य’ ले प्रमुख क्षेत्रमा तीव्र आर्थिक वृद्धिको मार्गचित्र प्रदान गर्ने गर्छ । यसले नेपालको आर्थिक सम्भावना उजागर गर्न चार प्रमुख क्षेत्रमा नीतिगत सुधार सिफारिश गरेको छ ।

    यसमा आप्रवासनबाट थप लाभ उठाउन सकिने उल्लेख छ । यस्तै निर्यात क्षमतामा सुधार, जलविद्युत् सम्भावना उपयोग र डिजिटल क्षेत्रको प्रवर्द्धन गर्न विश्व बैंकले सुझाव दिएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend