काठमाडौँ । सुनको मुल्य आज एकैदिन तीन हजार पाँच सय रुपैयाँले घटेको छ ।
सुनको मुल्य तीन हजार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ८१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मुल्य तोलाको एक लाख ८५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदीको मुल्य ३५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको एक हजार नौ सय ६० रुपैयाँ रहेको थियो ।