Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रुरुक्षेत्रको धार्मिक तथा पर्यटकीय महत्त्वलाई उजागर गर्न भजन प्रतियोगिता हुँदै


१, जेठ २०८२
  • 155
    SHARES
  • रुरुक्षेत्रको धार्मिक तथा पर्यटकीय महत्त्वलाई उजागर गर्न भजन प्रतियोगिता हुँदै

    गुल्मी । रुरुक्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई थप उजागर गर्नका लागि भजन प्रतियोगिता आयोजना गरिएको छ ।

    गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेका अनुसार यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय रूपमा थप प्रचारप्रसार गर्नका लागि जेठ नौ गते भजन प्रतियोगिता आयोजना गरेको हो ।

    जुन प्रतियोगितामा पालिका भित्रका भजन कीर्तनमा क्रियाशिल भजन समूह, समिति, धाम तथा मन्दिर सञ्चालक समितिहरु र अन्य सामाजिक संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् ।

    भजन प्रतियोगितामा बढीमा १२ जनाको समूह हुनुपर्ने, धार्मिक, सांस्कतिक र पर्यटकीय महत्त्व झल्किने भजनलाई प्राथमिकता दिने गाउँपालिकाले जनाएको छ ।

    भजन प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार, सान्त्वनालाई पाँच हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको पाण्डेले बताए ।

    यसका साथै उत्कृष्ट नृत्यलाई नगद दुई हजार प्रदान गर्ने गरी व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ ।रुरुक्षेत्रमा मकर सङ्क्रान्तीमा विशेष मेला लाग्ने गर्दछ ।

    चार धाम मध्येकै रुरुक्षेत्र धाममा असारे ठुलाएकादसी, हरिबोधनी एकादसी, मकरसङ्क्रान्तीमा कालीगण्डकी नदी स्नान गर्नका लागि देशका विभिन्न स्थानबाट श्रद्धालुहरू आउने गर्दछन् । कालीगण्डकी नदीमा स्नान गर्नाले जान, अञ्जानमा गरेका पापहरू नष्ट हुने धार्मिक विश्वास रहँदै आएको छ ।

    यस क्षेत्रमा शालिग्राम पाइने भएकाले गत महिना पहिलो शालिग्राम महोत्सव पनि सम्पन्न भएको छ ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend