Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गुल्मीदरबार ‘पूर्ण संस्थागत प्रसूति, पोषणमैत्री र पूर्ण खोप सुनिश्चित’ घोषणा


४, जेठ २०८२
  • 271
    SHARES
  • गुल्मीदरबार ‘पूर्ण संस्थागत प्रसूति, पोषणमैत्री र पूर्ण खोप सुनिश्चित’ घोषणा

    गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित, पूर्ण संस्थागत प्रसूति गाउँपालिका र पूर्ण पोषण मैत्री स्वास्थ्य संस्था सुनिश्चित पालिका घोषणा गरिएको छ ।

    गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमकामा जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्रीले उक्त घोषणा गरेका हुन ।

    घोषणा कार्यक्रममा बोल्दै समन्वय प्रमुख खत्रीले पूर्वाधार विकासले मात्रै पूर्ण विकास हुन नसक्ने विचार ब्यक्त गरे ।

    प्रमुख खत्रीले भने, शिक्षा, स्वास्थ र पोषण लगायतका क्षेत्रमा तोकिएको मापदण्ड अनुसार राम्रो गर्न सकिएन भने घोषणा कार्यक्रमले मात्र अपेक्षा गरेको उपलब्धि हासिल भएको मान्न सकिदैन ।

    त्यसैले कार्यक्रमलाई दिगो रुपमा संचालनका लागि नियमित अनुगमन र सहजीकरणको खाँचो रहने भएकोले पालिकाले यसतर्फ विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए । साथै उनले स्थानीय तहहरुले मानव विकास र सामाजिक विकासको क्षेत्रमा विशेष कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यकता औल्याए ।

    कार्यक्रममा बोल्दै गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले पूर्वाधार विकाससँगै मानव विकास र स्वास्थ्य तथा पोषणको क्षेत्रमा विभिन्न कार्यक्रमहरु अगाडी बढाएको बताए । घोषणा मात्रै गरेर नहुने भन्दै यसलाई दिगोपना दिनका लागि सबैको सहयोग आवश्यक हुने बताए ।

    गुल्मीदरबार गाउँपालिका अन्तर्गतका सबै वडाहरु साविकका सबै गाविसहरु २०७१ साल देखि नै पूर्ण खोप घोषित भई हरेक वर्ष सुनिश्चित हुँदै आएकोमा गाउँपालिकाको स्थापनाकाल देखि नै उक्त कार्यक्रमको दिगोपनामा जोड दिई पालिकालाई पूर्णखोप पालिका सुनिश्चित गर्दै हरेक वर्ष प्रमाणिकरण गरिदै आएको समेत अध्यक्ष थापाले जानकारी दिए ।

    पूर्णखोप सुनिश्चतता र दिगोपनाको कारण खोपबाट बचाउन सकिने सबै रोगहरु नियन्त्रण भएका उनको भनाइ छ । आफुहरुको अथक प्रयासपछि २०८० जेठ ६ गते गुल्मीदरबार गाउँपालिकालाई नेपालकै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको समेत स्मरण गराए ।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाले त्यस गाउँपालिकामा हुने सबै गर्भवतीहरुलाई स्वास्थ्य संस्थामै प्रसुती गराउने अभियान अन्र्तगत ‘कस्तो छ आमा कार्यक्रम, मेरी आमा स्वस्थ आमा कार्यक्रम र निःशुल्क एम्बुलेन्स सेवा’ जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताए ।

    विगत ५ वर्ष देखि सो गाउँपालिका अन्तर्गतका कुनै पनि महिलाहरु घरमा सुत्केरी नभएको समेत जानकारी गराउँदै उनले ‘उपाध्यक्ष कोशेली, बाबालाई चिठी, गर्भवती झण्डा’ लगायतका कार्यक्रम समावेश गरी प्रभावकारी रुपमा सञ्चालन भइरहेका समेत जानकारी गराए । यस्तै सरकारले तोकेबोजिमका बर्थिङ सेन्टरमा सुत्केरी हुनेहरुलाई गर्भवती उत्प्रेरणा स्वरुप यातयात खर्च, न्यायो झोला प्रसुती हुँदाकै बखतमा उपलब्ध गराउँदै आएको बताए ।

    प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले पोषण कार्यक्रम,पूर्ण संस्थागत प्रसुती कार्यक्रमतर्फ र पूर्ण खोप घोषणा कार्यक्रमतर्फ गरिएका क्रियाकलापहरुका विषयमा सहभागीहरुलाई जानकारी गराए । गाउँपालिकालाई सो कार्यक्रमहरु घोषणाका लागि जिल्ला खोप समन्वय समितिको तर्फबाट आवश्यक अनुगमन भई पालिकाले अनुमति प्राप्त गरेकाले ३ वटै कार्यक्रम घोषणा गर्दै दिगोपनाका लागि अगाडी बढेको समेत घिमिरेले बताए ।

    गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्यालले आवश्यक सम्पूर्ण मापदण्डहरु पुरा गरेकाले पालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त स्थानीय तह तथा जिल्ला घोषणा मापदण्ड, पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा मापदण्ड र राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम सबै मापदण्डहरु पुरा गरेकाले गाउँपालिकालाई क्रमशःपूर्णसंस्थागत प्रसुती सेवायुक्त,पूर्णपोषणमैत्री स्वास्थ्य संस्था सुनिश्चित र पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको जानकारी दिए । लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये २१ औं स्थानमा यस पालिकालाई घोषणा गरेको बताए ।

    पालिकाको कार्यालय रहेको गौडाकोट बजार देखि पालिकाको सभाहलसम्म विभिन्न सन्देश सहितका प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रम गरि सभामा परिणत भएको घोषणा सभामा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,पालिकाका शाखा प्रमुखहरु,सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि,महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयको सहभागीता रहेको थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend