रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ जितवापुर गाउँबाट प्रहरीले पेस्तोलसहित दुई जना युवालाई पक्राउ गरेको छ ।
गएराति दुई समूहबिच भएको झडपमा पेस्तोलसमेत भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराठीले बताए । घटनामा एक जना युवा घाइते भएका छन् ।
नियन्त्रणमा लिएका युवालाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ । घाइते युवाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।