काठमाडौँ । सुनको मुल्य आज एक हजार चार सय रुपैयाँले बढेको छ ।
सुनको मुल्य एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रवार सुनको मुल्य तोलाको एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिनयता सुनको भाउमा उतारचढाव हुँदै आएको छ ।
त्यस्तै आज चाँदीको मुल्य भने घटबढ भएको छैन । चाँदीको मुल्य शुक्रबारजस्तै तोलामा दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।