काठमाडौँ । आज सुनको मुल्य स्थिर रहेको छ ।
सुनको मुल्य आज पनि बिहिबारजस्तै तोलाको एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्य भने बढेको छ । चाँदी आज तोलामा ७५ रुपैयाँले बढेर दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहिबार चाँदी तोलाको दुई हजार ७५ रुपैयाँ कायम भएको थियो ।