वैशाख–२१,काठमाडौं ।
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आम नागरिकले चाडो भन्दा चाडो न्याय पाउने गरी काम गर्ने बताएका छन् । सिंहदरबारमा पदबहाली गर्दै मन्त्री गुरुङले आम नागरिकले ढिलो न्याय पाउने प्रवृतिको अन्त्य गर्न आफु लाग्ने बताएका हुन् ।
गुरुङ्गले चुस्त र दुरुस्त ढंगबाट सवैलाई कानून बराबर गर्ने बिषय आफ्नो पहिलो प्राथमिकता हुने बताए । उनले जुनसुकै ठाँउमा हुने भ्रष्टाचारका सन्दर्भमा कसैलाई पनि छुट नहुने स्पष्ट पारे ।
मन्त्री गुरुङ्गले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएकाले यसलाई निष्पक्ष, स्वतन्त्र र चुस्त दुरुस्त बनाउन आफु लागी पर्ने बताए ।