काठमाडौं । सुनको मूल्य आज एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ ।
आज सुनको मूल्य तोलाको एक लाख ९० हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि शुक्रवार सुनको मूल्य तोलाको एक लाख ९३ हजार सात सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको मूल्य तोलाको दुई हजार एक सय ५० रुपैयाँ थियो ।