Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड, एकै महिनामा भित्रियो १ खर्ब ६५ अर्ब


२७, जेठ २०८२
  • 201
    SHARES
  • रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड, एकै महिनामा भित्रियो १ खर्ब ६५ अर्ब

    काठमाडौँ । रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । वैशाख महिनामा भित्रिएको रेमिट्यान्स रकमले ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

    यो महिना १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वैशाख मसान्तमा जम्मा ११५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

    चैत मसान्तसम्म नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । बैशाख मसान्तसम्म आइपुग्दा यो रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो । यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १६.९ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।

    समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

    यो अवधिमा खुद ट्रान्सफर १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब ०१ अर्ब ७५ करोड रहेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ ।

    यसअघि एकै महिना १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको रेकर्ड छ । यो गत फागुनको तथ्याङ्क हो ।

    त्यस्तै नेपालको विदेशी मुद्राको सञ्चिति २५ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म कुल सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो । चैत महिनाको अन्त्यसम्म विदेशी मुद्राको सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रहेको थियो ।

    रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक सुधार हुँदा यो महिना विदेशी विनिमय सञ्चिति बढेको हो । यो विनिमय सञ्चितिले साढे १४ महिनाको आयात धान्न पर्याप्त पुग्ने देखिन्छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend