Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा कर्जा सम्झौता सम्पन्न


३०, जेठ २०८२
  • 92
    SHARES
  • माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा कर्जा सम्झौता सम्पन्न

    ग्लोबल आइएमई बैंक लिमिटेडको नेतृत्वमा र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियम र सौर्य होल्डिङ प्रा. लि. बीच माथिल्लो मेवा खोला (ताप्लेजुङ) स्थित ३१.९२ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको लागि रु ४ अर्ब ८५ करोड ७० लाख ऋण–लगानी गर्ने आर्थिक समझदारीमा फाइनान्सियल क्लोजर सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको छ ।

    उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, चिफ बिजनेस अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेस अफिसर मनिषराज कुँवर तथा सौर्य होल्डिङका प्रबन्ध निर्देशक मोहन विक्रम कार्की सहभागी थिए ।

    कुल अनुमानित लागत रु ६ अर्ब ३७ करोड रहेको यस आयोजनामा बैंकले ७५ प्रतिशत र सौर्य होल्डिङले बाँकी २५ प्रतिशत (हकप्रद जारीबाट) लगानी गर्नेछ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस सम्झौताले परियोजना समयमा पूरा भई ऊर्जा उत्पादन बृद्धि, निर्यात प्रवद्र्धन र स्थानिय सामाजिक–आर्थिक विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ ।

    ग्लोबल आइएमई बैंक नेपाल सरकारले मान्यता प्राप्त ‘A’ वर्ग वाणिज्य बैंक हो र यो ३५२ शाखा, ३८५ एटीएम, १५८ शाखाहीन सेवा, ६८ एक्सटेन्सन काउन्टर तथा ३ विदेश प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रबाट सञ्चालित छ। यसले विश्वभरबाट रेमिट्यान्स सेवा समेत उपलब्ध गराउँदै आएको हुँदा व्यावसायिक विश्वासिलो बैंकको रूपमा स्थापित छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend