Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

असार महिनामा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, तरलता वृद्धि मुख्य कारण


३१, जेठ २०८२
  • 119
    SHARES
  • असार महिनामा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, तरलता वृद्धि मुख्य कारण

    काठमाडौँ असार महिनाका लागि वाणिज्य बैंकहरूले बचत तथा मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। शनिबार बैंकहरूले सार्वजनिक गरेको मासिक ब्याजदर तालिका अनुसार जेठ महिनाको तुलनामा अधिकांश बैंकले ब्याजदरमा कटौती गरेका हुन् । यद्यपि, केही बैंकहरूले भने आंशिक रूपमा ब्याजदरमा वृद्धि गरेर समायोजन गरेका छन् । नबिल बैंक, प्रभु बैंक र हिमालयन बैंकले भने आफ्नो ब्याजदर स्थिर राखेका छन् ।

    ब्याजदर घटाउनुमा प्रमुख कारणका रूपमा वर्षान्तमा बढेको सरकारी खर्च, ठेक्काका बिल भुक्तानीमार्फत प्रणालीमा आएको उच्च तरलता, र बढ्दो रेमिट्यान्सलाई देखिएको छ। असार सुरु भएसँगै सरकारका विभिन्न निकायहरूबाट ठेक्काका बिलहरू भुक्तानी हुन थालेका छन्, जसले बैंकिङ प्रणालीमा थप नगद प्रवाह गराएको छ ।

    राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा झण्डै ४ खर्ब ५० अर्ब रुपैयाँभन्दा बढीको तरलता छ। केही दिनअघि राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टमा वैशाख महिनामा इतिहासकै सबैभन्दा धेरै रेमिट्यान्स भित्रिएको उल्लेख गरिएको थियो । यी सबै कारणले बैंकहरूमा अत्यधिक तरलता भएकोले सोही अनुसार ब्याजदर घटाएर नगद प्रवाहको सन्तुलन कायम राख्न खोजिएको हो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend