Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

माबिलुङ इनर्जीको आईपीओ आजदेखि आवेदन खुला


२२, असार २०८२
  • 183
    SHARES
  • माबिलुङ इनर्जीको आईपीओ आजदेखि आवेदन खुला

    काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले आज (असार २२ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ । कम्पनीले ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ जारी पूँजीको ४८.९९९८ प्रतिशत हिस्सा अर्थात १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गर्न लागिएको हो। यसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता शेयर संखुवासभा जिल्लाको मादि नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ५० हजार ४७१ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ ।

    आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । स्थानीय बासिन्दाका लागि आवेदनको म्याद छिटोमा साउन ४ गतेसम्म र ढिलोमा साउन १९ गतेसम्म तोकिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन ४ गतेभित्र आवेदन दिनुपर्नेछ। कम्पनीको आईपीओ रेटिङ इक्रा नेपालले दिएको रेटिङ अनुसार ‘इक्रा एनपी इस्यूअर रेटिङ बी प्लस’ रहेको छ, जसले औसत जोखिम देखाउँछ ।

    कम्पनीले सञ्चालनमा ल्याएको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत् आयोजना कुल लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ। शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । स्थानीयले ग्लोबल आइएमई बैंक चैनपुर, हिमालयन बैंक मादि, लक्ष्मी सनराइज बैंक खाँदबारी लगायत स्थानबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

     
     

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend