Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आर्थिक वर्षको अन्तिम चार दिनमै ८२ अर्बभन्दा बढी खर्च, एकै दिन ३८ अर्ब ६१ करोड निकासा


२६, असार २०८२
  • 164
    SHARES
  • आर्थिक वर्षको अन्तिम चार दिनमै ८२ अर्बभन्दा बढी खर्च, एकै दिन ३८ अर्ब ६१ करोड निकासा

    काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम चरणमा सरकारले एकै दिनमा ३८ अर्ब ६१ करोड रुपैयाँको भुक्तानी निकासा गरेको छ। कानुनतः चालु आर्थिक वर्षको अन्तिम दिन भुक्तानी गर्न पाउने अन्तिम समयसम्म सरकारले थाती रहेका भुक्तानीहरू फस्र्योट गर्दै ठूलो रकम निकासा गरेको हो ।

    सहमहालेखा नियन्त्रक सुशीला अर्यालका अनुसार, बुधबार राति १२ बजेदेखि अटोमेटिक रूपमा प्रणाली बन्द हुने भएकाले त्यसभन्दा अघि सबै किसिमका भुक्तानीको प्रक्रिया टुंग्याइएको हो। उनले भनिन्, “अब कानुनले छुट दिएको अवस्थाबाहेक कुनै नयाँ भुक्तानी हुने छैन ।”

    महालेखा नियन्त्रकको कार्यालयका अनुसार बुधबार मात्र १४ अर्ब ९३ करोड चालु खर्च, २१ अर्ब ७३ करोड पुँजीगत खर्च, र १ अर्ब ९४ करोड वित्तीय व्यवस्थापन खर्च गरी कुल ३८ अर्ब ६१ करोड रुपैयाँ निकासा गरिएको हो ।

    अघिल्लो वर्ष अन्तिम दिन साढे २१ अर्ब रुपैयाँ भुक्तानी गरिएकोमा यस वर्ष उक्त संख्या दोब्बरभन्दा बढी भएको छ। चालु वर्षको पछिल्लो चार दिनमा मात्र आइतबार १२ अर्ब १९ करोड, सोमबार ११ अर्ब ९८ करोड, मंगलबार १९ अर्ब ४६ करोड र बुधबार ३८ अर्ब ६१ करोड गरी जम्मा ८२ अर्ब २४ करोड रुपैयाँ निकासा भएको छ ।

    सरकारले चालु वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट विनियोजन गरेकोमा हालसम्म १५ खर्ब ५ अर्ब रुपैयाँ खर्च गरिसकेको छ। पुँजीगत बजेट अन्तर्गत विनियोजन गरिएको तीन खर्ब ५२ अर्बमध्ये २ खर्ब ८ अर्ब रुपैयाँमात्र खर्च भएको छ, जुन जम्मा ५९ प्रतिशत हो ।

    नियमावलीअनुसार आर्थिक वर्षको अन्तिम सातामा नयाँ दायित्व सिर्जना गर्दै खर्च गर्न पाइँदैन। तर थाती रहेका दायित्वहरू वा स्रोत र कार्यक्रम परिवर्तनका आधारमा छुट पाएका केही खर्चहरू भने कोष तथा लेखा नियन्त्रकको निर्णयमा सम्भव हुने उल्लेख छ ।

    गत वर्ष प्रणाली बन्द भएपछि पनि ५२ अर्ब रुपैयाँको भुक्तानी भएको तथ्यांक रहेकाले, यस वर्ष पनि रसुवा बाढीलगायतका आकस्मिक खर्चका कारण अन्तिम साता खर्च अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

     
     

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend