Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जेनेस सलुशन नेपालको पहिलो एडब्लुएस प्रिमिएर टिएर सर्भिसेज पार्टनर घोषित


२६, असार २०८२
  • 145
    SHARES
  • जेनेस सलुशन नेपालको पहिलो एडब्लुएस प्रिमिएर टिएर सर्भिसेज पार्टनर घोषित

    काठमाडौँ  । डिजिटल रूपान्तरण र साइबर सुरक्षामा अग्रणी परामर्शदाता कम्पनी जेनेस सलुशनले अमेजन वेब सर्भिसेज (एडब्लुएस) को प्रिमिएर टिएर सर्भिसेज पार्टनर उपाधि प्राप्त गर्दै नेपालकै पहिलो कम्पनीको रुपमा ऐतिहासिक सफलता हासिल गरेको छ ।

    विश्वभरका १ लाख ४० हजारभन्दा बढी एडब्लुएस साझेदारहरुमध्ये शीर्ष १ प्रतिशतमा स्थान बनाउँदै यो उपलब्धि हासिल गर्ने जेनेस सलुशन नेपालको एकमात्र कम्पनी बनेको हो ।

    कम्पनीका सीईओ अञ्जनी फुयाँलका अनुसार, “यो उपलब्धि केवल हाम्रो कम्पनीको मात्र होइन, देशकै गौरवको विषय हो । अब हामी नवप्रवर्तनको नेतृत्व गर्दै नेपाललाई विश्वव्यापी प्रविधि मञ्चमा चिनाइरहेका छौं ।”

    एडब्लुएसको प्रिमिएर टिएर मान्यता प्राप्त गरेसँगै जेनेसले आफ्ना ग्राहकलाई एडब्लुएसको उच्चतम स्रोत, विशेषज्ञता, रोडम्यापमा संलग्नता, प्रत्यक्ष सहयोग तथा गुणस्तरीय सेवा दिन सक्नेछ ।

    कम्पनीका प्रमुख सूचना सुरक्षा अधिकृत निरञ्जन कुँवरले यसलाई नवप्रवर्तनप्रतिको प्रतिबद्धता र विश्वस्तरीय समाधान दिने क्षमताको प्रमाण बताए ।

    एसिया, अफ्रिका, युरोप र अमेरिकामा सेवा दिँदै आएको जेनेस सलुशनले क्लाउड माइग्रेसन, समाधान डिजाइन र व्यवस्थापनमा ग्राहकलाई सहायता गर्दै आएको छ । चौधरी ग्रुप, आइएमएस सफ्टवेयर, ग्रो बाइ डाटा लगायत संस्थाहरूले जेनेसको सेवा र दक्षताको प्रशंसा गरेका छन् ।

    कम्पनीको भनाइमा, “अब जेनेस सलुशन केवल क्लाउड सेवा प्रदायक मात्र होइन, नेपालबाट विश्वव्यापी डिजिटल रूपान्तरणको अगुवाई गर्ने एक नवप्रवर्तनात्मक संस्था हो ।”

     

     

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend