Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक हुँदै


२७, असार २०८२
  • 169
    SHARES
  • नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति आज सार्वजनिक हुँदै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकमा मौद्रिक नीतिको प्रस्ताव पेस भइसकेको र शुक्रबार विहानको बैठकमा नीति अन्तिम रूप दिइने भएको हो ।

    राष्ट्र बैंकका अनुसार चालु वर्षको मौद्रिक नीति ५९औँ नीति हुनेछ। राष्ट्र बैंकको स्थापना २०१३ सालमा भए पनि २०२३ सालदेखि मात्रै मौद्रिक नीति ल्याउन थालिएको थियो। आर्थिक वर्ष २०५९/६० देखि भने गभर्नरले मौद्रिक नीति सार्वजनिक गर्ने प्रचलन सुरु भएको हो ।

    नवनियुक्त गभर्नर डा. विश्वप्रकाश पौडेलको नेतृत्वमा यो पहिलो मौद्रिक नीति हुनेछ। उनले सरकारको नीति तथा कार्यक्रमसँग सहकार्य गर्दै राष्ट्र बैंकको नीति निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

    मौद्रिक नीतिले मुलुकको मौद्रिक व्यवस्थापन, महँगी नियन्त्रण, विदेशी मुद्रा सञ्चिति सन्तुलन, र वित्तीय स्थायित्वमा केन्द्रीत रहनेछ। सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धि र ५.५ प्रतिशत भित्रै मूल्यवृद्धि कायम राख्ने लक्ष्यलाई सहयोग पु-याउने गरी नीति ल्याइने बताइएको छ ।

    यसका लागि करिब ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखिने अनुमान गरिएको छ। साथै, मौद्रिक नीतिले हालको आर्थिक सुस्तता घटाउनेतर्फ जोड दिनेछ। चालु पुँजी कर्जामा लचिलो नीति अपनाउने संकेत दिइएको छ। केही दिनअघि मात्रै राष्ट्र बैंकले चालु पुँजी कर्जा मापदण्ड लागु हुने अवधि एक वर्ष पछाडि सार्ने र साना ऋणीका भाका दुई वर्षलाई सार्ने निर्णय गरिसकेको छ ।

    सरकारले बजेटमा समस्याग्रस्त क्षेत्रलाई कार्यशील पुँजी प्रवाह गर्ने उल्लेख गरेअनुसार नीति त्यसैको पूरक बन्ने अपेक्षा गरिएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend