Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

करोडौं अपचलनपछि व्यवस्थापक आत्मसमर्पण, अध्यक्ष र सचिव फरार


२८, असार २०८२
  • 163
    SHARES
  • करोडौं अपचलनपछि व्यवस्थापक आत्मसमर्पण, अध्यक्ष र सचिव फरार

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ मा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रुपैयाँ अपचलन भएको सार्वजनिक भएपछि संस्थामा व्यापक अडिट कार्य सुरु भएको छ। प्रहरीको सुरक्षामा सहकारी कार्यालय नजिकैको मन्दिर परिसरमा अडिटर राखेर हिसाब गर्ने कार्य जारी छ ।

     अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा (क्षेत्री) सम्पर्कविहीन रहेका बेला सहकारीका व्यवस्थापक बसन्त पराजुलीले शुक्रबार दिउँसो प्रहरी सामु आत्मसमर्पण गरेका हुन् । करिब २,२०० सदस्य रहेको सहकारीमा ठगीको शंका बढेपछि आक्रोशित बचतकर्ताले अध्यक्ष र सचिवको घर घेराउ गरी दोषीलाई कारबाहीको माग गरेका थिए ।

    पराजुलीले प्रहरी र अडिटरसामु सहकारीको पहिलो दिनदेखि नै लेखापालना जाँच गर्न आग्रह गरेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ र आइतबार सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरिनेछ ।

    स्रोतका अनुसार, पराजुलीले तीन जना शेयर सदस्य र आफ्नै परिवारको नाममा नौ करोड ५५ लाख ३० हजार ८८ रुपैयाँ किर्ते ऋण देखाएर अपचलन गरेको कबुल गरिएको तमसुक फेला परेको छ। उक्त तमसुकमा उनका छोरी–छोरा साक्षी रहेको देखिएकाले अध्यक्ष र सचिवको संलग्नता वा पराजुलीको एकल कारबाही भन्ने निष्कर्ष अडिट रिपोर्टपछि मात्रै खुल्नेछ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend