Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सेयर बजार ओरालो, हरियाली एक दिनमै सकियो


३०, असार २०८२
  • 171
    SHARES
  • सेयर बजार ओरालो, हरियाली एक दिनमै सकियो

    काठमाडौं । अघिल्लो दिन उच्च अंकले वृद्धि भएको सेयर बजार आज एकै दिनमै भारी गिरावटसहित ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकबाट सार्वजनिक मौद्रिक नीतिपछिको पहिलो दिन सकारात्मक देखिएको बजार आज भने नकारात्मक प्रवृत्तिमा फर्किएको हो ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज सेयर बजार परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ विन्दुमा झरेको छ । यो अघिल्लो दिनको तुलनामा १.२७ प्रतिशतले कम हो ।

    आज ‘क’ वर्गका कम्पनीहरूको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.८३ अंकले घटेर ४७४.३५ विन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १.४२ प्रतिशतले घटेको हो ।

    बजारमा समग्र रूपमा दबाब देखिएको छ, जसअनुसार १३ उपसूचकहरूमध्ये १२ वटामा गिरावट आएको छ भने केवल एउटा उपसूचकमा मात्र सुधार देखिएको छ। आज १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने केवल ५० कम्पनीको मात्र सेयर मूल्य बढेको छ ।

    कारोबार रकममा समेत उल्लेखनीय गिरावट आएको छ। अघिल्लो दिन ११ अर्ब माथिको कारोबार भएको बजारमा आज ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार मात्र भएको छ ।

    कुल ३२१ कम्पनीका २ करोड ११ लाख कित्ता सेयर ७२ हजार ६०१ पटक किनबेच भएका छन् । 

    विश्लेषकहरूका अनुसार मौद्रिक नीतिको प्रभाव र लगानीकर्ताको मनोविज्ञानले बजारमा चाँडै उतारचढाव ल्याइरहेको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend