काठमाडौं । नेपालको सुनचाँदी व्यवसायी महासङ्घले मंगलबार सुनको मूल्य स्थिर रहेको र चाँदीको मूल्य घटेको जनाएको छ। हाल छापावाल सुन तोलामा रु १,९३,३०० मा कारोबार हुँदै आएको छ, जुन सोमबारको तुलनामा पनि अपरिवर्तित छ ।
तर चाँदीको मूल्य भने घट्दो क्रममा रहेको छ । आज चाँदीको मूल्य तोलामा रु ४० ले घटेर रु २,२७५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।