काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन, साउन १ गते बिहीबार सुनचाँदीको मूल्यमा उल्लेखनीय बढोत्तरी देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार ३२ गते (आर्थिक वर्ष २०८१/०८२ को अन्तिम दिन) को तुलनामा सुनको मूल्य प्रति तोलामा रु ३०० र चाँदीको मूल्य रु ५ ले वृद्धि भएको हो ।
आज छापावाल सुनको मूल्य रु १,९२,३०० कायम भएको छ, जसअघिल्लो दिन यो रु १,९२,००० मा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य बुधबार रु २,२६० रहेकोमा बिहीबार रु २,२६५ पुगेको महासंघले जनाएको छ ।
नयाँ आर्थिक वर्षको अवसरमा आजदेखि २ प्रतिशत विलासिता कर पनि लागू गरिएको छ, जुन व्यवसायीहरूले विरोध गर्दै आएका छन्। उनीहरूको भनाइ अनुसार यो करले ग्राहक र बजार दुवैमा भार थप्ने सम्भावना छ ।
यो मूल्य वृद्धिले नेपालको सुनचाँदी बजारमा उत्साह भरिएको छ र नयाँ आर्थिक वर्षको सुरुआत आर्थिक रूपमा पनि सकरात्मक रहेको संकेत गर्दछ ।