Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

शेयर बजार लगातार चाैथाे काराेबार दिन घट्याे


२२, भदौ २०८२
  • 206
    SHARES
  • शेयर बजार लगातार चाैथाे काराेबार दिन घट्याे

    काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५२ अङ्कले घटेर २ हजार ७ सय ८ दशमलव २५ विन्दुमा झरेको छ । नेप्से लगातार चार कारोबार दिन घटेको हो ।

    आज फाइनान्स, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज १ सय ७३ वटा कम्पनीको शेयर घटेकोमा ७९ वटाको बढेको छ ।

    आज पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन हिम स्टार ऊर्जा कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ३ सय ३४ वटा कम्पनीका १ करोड ११ लाख कित्ता शेयर ४ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend