काठमाण्डाै – नवनियुक्त अर्थमन्त्री ले पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै उहाँले बजेट कार्यान्वयनका गर्न आयोजना प्राथमिकीकरणका लागि तीन सदस्यीय कार्यदल गठन गर्नुभएको छ ।
आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोरामेश्वर खनालपनीयताको शपथ ग्रहणपछि सिंहदरबारमा रहेकाे मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले बजेटको कार्यान्वयन गर्न आयोजना प्राथमिकीकरणका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको हो ।
उहाँले बजेटमा समावेश भए पनि पूर्वतयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गर्नुभएको छ । आवधिक योजना अनुसार आयोजना बजेटमा परे/नपरेको यकिन गर्ने र प्राथमिकतामा नपरेका टुक्रे आयोजना पहिचान गरी खर्च कटौती गर्नेसमेत उहाँले उल्लेख गर्नुभयो । ‘अब चुनाव गर्नुपर्नेछ, युवाका माग पूरा गर्नुपर्ने अवस्था पनि भएकाले खर्च कटौती गर्नु परेको हो’, उहाँले भन्नुभयो ।
अर्थमन्त्री खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव कार्यान्वयन गर्ने पनि बताउनुभएको छ ।