Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

दशैंको दिनबाहेक सार्वजनिक बिदामा बैंक र भन्सार खुला राखिने


३१, भदौ २०८२
  • 182
    SHARES
  • दशैंको दिनबाहेक सार्वजनिक बिदामा बैंक र भन्सार खुला राखिने

    काठमाडौं । दशैंको दिन बाहेक अन्य सार्वजनिक बिदाका दिनमा बैंक तथा भन्सार खुला राखिने भएको छ ।

    मंगलबार अर्थ मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले सो जानकारी गराएका हुन् ।

    उनले पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउन सरकारले प्यास गरिरहेको बताएका थिए ।

    मंगलबार अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरेका थिए ।

    छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एसोसिएसन, चौधरी ग्रुप र भाटभटेनी ग्रुपसमेतका उद्योगी र व्यवसायी सहभागी थिए ।

    सो क्रममा उद्योगी/व्यवसायीले कर सहुलियत, सहुलियतपूर्ण कर्जा, बीमा रकम यथाशीघ्र भुक्तानीको माग गरेका थिए ।

    छलफलमा अर्थमन्त्री खनालले एकीकृत व्यापार पुनरुत्थान योजना ल्याउने जानकारी गराएका थिए ।

    कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि सरकार सकारात्मक रहेको उनले जानकारी दिए ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend