Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

शेयर बजार १ सय ११ अङ्कले बढ्यो, ९ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार


५, असोज २०८२
  • 166
    SHARES
  • शेयर बजार १ सय ११ अङ्कले बढ्यो, ९ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

    काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ सय ११ दशमलव ७० अङ्कले बढेर २ हजार ६ सय २३ दशमलव ६२ विन्दुमा पुगेको छ ।

    अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेपछिको पहिलो कारोबार दिन शेयर बजार उच्च अङ्कले उकालो लागेको हो । यसअघि जेनजी आन्दोलनका कारण गएको बिहीवार असोज २ गते शेयर बजार खुल्दा १ सय ६० अङ्कले घटेको थियो ।

    आज म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, लगानी समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    आज १६ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन सिद्धार्थ प्रिमियर इन्सुरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै साढे ७ प्रतिशतले घटेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ । गएको बिहीवार ७२ करोड ८७ लाखको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका २ करोड ३२ हजार कित्ता शेयर ९ अर्ब १७ करोड रुपैयाँमा किनबेच भएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend