Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आगजनी र तोडफोडबाट क्षति भएको संरचना पुनर्निर्माण गर्न सरकारले खोल्यो खाता


८, असोज २०८२
  • 158
    SHARES
  • आगजनी र तोडफोडबाट क्षति भएको संरचना पुनर्निर्माण गर्न सरकारले खोल्यो खाता

    काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनको क्रममा भएको भौतिक संरचना निर्माण गर्न सरकारले ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ सञ्चालनमा ल्याएको छ । राष्ट्रिय वाणिज्य बैंकमा उक्त खाता सञ्चालनमा ल्याइएको हो । 

    भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको हो ।

    आगजनी र तोडफोड भई सरकारी सम्पत्तिको ठूलो क्षति भएको छ । संघीय सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, छिमेकी राष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट योगदान गरी राष्ट्र पुनर्निर्माणको अभियानमा सहभागी हुन सकिनेछ । 

    सहकार्य रकम क्यूआर कोर्डमार्फ पनि भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन/खर्च कट्टी गर्न पाइने व्यवस्था गरिएको छ ।

    यो कोष सञ्चालनको जिम्मा सहरी विकास मन्त्रालयका सचिव र यही मन्त्रालयको आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ । यी दुईजनाको खातामा हस्ताक्षर चल्नेछ ।  

    pas-1758717355.jpg

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend