Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची : आँपका ५० बोटबाट ७ लाख बढी आम्दानी


१०, साउन २०८०
  • 146
    SHARES
  • अर्घाखाँची : आँपका ५० बोटबाट ७ लाख बढी आम्दानी

     सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क ८ किमडाँडाका  युवा ठाकुर भुसालको आपको बगैंचामा लटरम्म आँप फलेका छन्। वैदेशिक रोजगारबाट फर्किएर कृषि पेशामा लागेका भुसालले यस वर्ष आँप बिक्रीबाट ७ लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरेको बताए।

    झन्डै ५० वटा आपको बोटमा अहिले ९० क्वीन्टलभन्दा बढी फलेको छ। उत्पादन भएको आपको बिक्रीको लागि कुनै समस्या छैन। सन्धिखर्कमा मात्र हैन बुटवल र पोखरासम्मका व्यपारी घरमै पुगेर खरिद गर्ने गरेको कृषक भुसालले बताएका छन्।अहिले घरमै होलसेल ८० रुपैयाँ केजीमा आपको बिक्री हुने गरेको छ। कृषक भुसालको भनाइ छ।

    व्यवसायिक फलफूल तथा तरकारी खेतीबाट वार्षिक १६ लाखभन्दा बढी कमाउने गरेका छन्। उनले वेमौषमी तरकारी उत्पादन गरेर मनग्ये आम्दानी गरेका छन्। विदेशमा जस्तो दुःख गरे यहीँ माटोमा सुन फलाउन सकिन्छ भन्ने सोचले शुरु गरेको कृषि पेशा सबै युवाको लागि प्रेरणाको स्रोत पनि बनेको छ।

    १८ वर्ष पहिले मकै, गहुँ र तोरी छर्ने बारीमा आँप लगाउने चलन थिएन। तर व्यवसायिक रुपमा तरकारी र फलफूल खेती गरेर पनि केही गर्न सकिन्छ भन्ने मान्यताका साथ आँपका बिरुवा लगाएको कृषक भुसालले बताए। तराईमा मात्र आँप खेती हुन्छ भन्नेका लागि यो उत्पादनले सबैलाई चकित पारेको छ।

     
     

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend