Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

७८ अङ्कले घट्यो नेप्से


२६, असोज २०८२
  • 190
    SHARES
  • ७८ अङ्कले घट्यो नेप्से

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७८ दशमलव ८३ अङ्कले घटेर दुई हजार ५०३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । यो तीन दशमलव शून्य पाँच प्रतिशतको गिरावट हो ।

    आज ३२४ कम्पनीको एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता शेयर ६७ हजार २०२ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा २४२ कम्पनीको शेयर मूल्य घट्दा नौवटाको मात्रै बढेको हो ।

    आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूह चार दशमलव ८४ र अन्य समूह चार दशमलव ७९ प्रतिशतले घटेको छ । 

    बैंकिङ दुई दशमलव ३०, विकास बैंक दुई दशमलव ९३, वित्त तीन दशमलव ६७, जलविद्युत् तीन दशमलव ९७, लगानी तीन दशमलव १३ र जीवन बिमा समूह दुई दशमलव ५५ प्रतिशतले घटेको छ । 

    त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ९४, लघुवित्त दुई दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ९९, निर्जीवन बिमा दुई दशमलव ३२ र व्यापार समूह दुई दशमलव ८५ प्रतिशतले घटेको छ ।

    नेपाल माइक्रो इन्स्योरेन्क कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव शून्य एक प्रतिशतले बढेको छ । सबैभन्दा बढी बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नौ दशमलव २७ प्रतिशतको गिरावट देखिएको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योेरेन्स कम्पनी लिमिटेडको रू ३८ करोड सात लाख ४७ हजार ७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको सात लाख २६ हजार ६७३ कित्ता शेयर किनबेच भएको छ ।
     

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend