Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकारसम्म राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समेटिए


२७, असोज २०८२
  • 152
    SHARES
  • पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकारसम्म राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समेटिए

    काठमाण्डाै – अब पाइपलाइनदेखि निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरू समेत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाभित्र पर्ने भएका छन् ।

    भर्खरैको मन्त्रिपरिषद् बैठकले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरेको हो ।

    यसबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले राजपत्रमा निकाल्नुभएकाे सूचना अनुसार विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गतका आयोजनामा काभ्रेकाे विशेष आर्थिक क्षेत्र, कैलालीकाे हरैया विशेष आर्थिक क्षेत्रलाई पनि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरिएको छ ।

    प्राथमिकता प्राप्त आयोजनाभित्र राखिएको पाँचखालमा सात वर्षअघि निर्माण शुरू भएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको कामले गति लिएको छैन । पाँचखाल नगरपालिका वडा नम्बर ७ र ८ मा सेज स्थापना गरिएको थियो । २०६८ साल भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले पाँचखालमा सेज स्थापना गर्ने निर्णय गरेको थियो । २०७५ सालमा मात्रै औपचारिक रूपमा जग्गा प्राप्त गरी निर्माणको काम थालिएको थियो । तर कामको गति निकै सुस्त छ ।

    राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाभित्र राखिएको हरैया विशेष आर्थिक क्षेत्र निर्माण गर्ने घोषणा आर्थिक वर्षा २०६५/६६ को बजेटबाट गरिएको थियो । अहिलेसम्म यो आयोजनाको समेत प्रगति राम्रो हुन सकेको छैन ।

    यस्तै सरकारले अन्य एक दर्जनभन्दा धेरै आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाभित्र राखेको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गतको आयोजनामा दोधारा चाँदनी सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी कञ्चनपुर राखिएको छ । यी आयोजनाको प्रगति राम्रो छैन । नेपाल आयल निगम अन्तर्गतका आयोजनामा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा ग्रीन फिल्ड टर्मिनल निर्माण आयोजना, अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार तथा ग्रीन फिल्ड टर्मिनल निर्माण आयोजना पनि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाभित्र परेका छन् ।

    यस्तै निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरू पाल्पाको सत्यवती दर्शन प्राली, इलामको सानो पाथीभरा केबलकार प्राली, कास्कीको सिक्लेश अन्नपूर्ण केबलकार प्राली, चितवनको ड्रिम्स हिल्स प्राली (देवघाट मौलाकाली), अर्घाखाँचीको सुपा देउराली केबलकार प्राली, सिन्धुपाल्चोकको सूर्यकुण्ड गोसाइँकुण्ड केबलकार प्रालीलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्धारण गरिएको छ ।

    औद्योगिक ग्रामभित्र सुनसरीको बराहक्षेत्र औद्योगिक ग्राम, डोटीको जोरायल औद्योगिक ग्रामलाई प्राथमिकता प्राप्त आयोजनाभित्र राखिएको छ ।

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतका आयोजनामा झापाको दमक औद्योगिक क्षेत्र, मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र, चितवनको शक्तिखोर औद्योगिक क्षेत्र, दाङको लक्ष्मीपुर औद्योगिक क्षेत्र, रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र, बाँकेको नौवस्ता औद्योगिक क्षेत्र र कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा परेका छन् ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सरकारको यस निर्णयले देशको आर्थिक वृद्धि र पूर्वाधार विकासमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । यी आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राख्दा उनीहरूको कार्यान्वयनमा थप गति आउने र देशको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने सरकारको विश्वास रहेको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend