काठमाण्डाै – हिजो ४४ अङ्कले बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ४३ अङ्कले घटेर २ हजार ५ सय २८ दशमलव १७ विन्दुमा झरेको छ ।
आज म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज २ सय १४ वटा कम्पनीको शेयर घटेको छ भने ३३ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन शुभम् पावर र ग्रामीण विकास लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ३ सय १७ वटा कम्पनीका ७४ लाख ८८ हजार कित्ता शेयर ३ अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएको छ ।