Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

२६ सय नाघ्यो सेयर बजार, फाइनान्समा आकर्षण


१९, कात्तिक २०८२
  • 197
    SHARES
  • २६ सय नाघ्यो सेयर बजार, फाइनान्समा आकर्षण

    काठमाडौं । बुधबार सेयर बजार १२. १७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६०७ मा कायम भएको छ ।

    कारोबारका क्रममा अधिकांश समय रातो रहेको नेप्से २ बजेपछि उकालो लाग्यो । नेप्से बढे पनि कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज ४अर्ब ६८ करोडको भयो ।

    १४९ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १२ को स्थिर रह्यो । यस दिन अधिकांश समूहका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.४१ प्रतिशत बढ्यो ।

    बैंकिङ ०.५६, विकास बैंक ०.०८, हाइड्रोपावर ०.३९, लगानी ०.६६, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.२१, अन्य ०.४४ तथा व्यापार ०.४२ प्रतिशत बढे । होटल तथा पर्यटन समूह ०.४५ प्रतिशत घट्यो ।

    दुई कम्पनी माबिलुङ इनर्जी र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । नेपाल फाइनान्सको ८.७६, सम्पदा लघुवित्तको ६.०६, माहुली लघुवित्तको ५.१५ प्रतिशत मूल्य बढ्यो ।

    त्यस्तै फर्स्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशत घट्यो । अभियान लघुवित्तको ४.६७, विन्ध्यबासिनी हाइड्रोपावरको सेयर मूल्य ४.०८ प्रतिशत घट्यो ।

    आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट छन् ।a

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend