Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

धेरैजसाे वाणिज्य बैंककाे नाफा घट्याे


२१, कात्तिक २०८२
  • 186
    SHARES
  • धेरैजसाे वाणिज्य बैंककाे नाफा घट्याे

    काठमाण्डाै – चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएका छन् । असोज मसान्तसम्ममा ५ वटा बैंकको मात्रै नाफा बढेको छ भने १५ वटा बैंकको नाफा घटेको छ ।

    पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले ५८ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ । ग्लोबल आईएमई बैंकको नाफा बढेर १ अर्ब ८५ करोड ८६ लाख, सानिमा बैंकको ४५ करोड ४९ लाख, एनआईसी एशिया बैंकको १२ करोड २१ लाख र एभरेस्ट बैंकको १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

    १५ वटा बैंकको नाफा घटेकोमा सिटिजन्स बैंकले घाटा व्यहोरेको छ । सिटिजन्सकाे २२ करोड ४ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ ।

    यस्तै कृषि विकास बैंकले ५७ लाख ३८ हजार, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ करोड ५० लाख ५० हजार, प्रभु बैंकले ५५ करोड ८४ लाख ८३ हजार, नेपाल एसबीआई बैंकले ५० करोड १५ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

    माच्छापुच्छ्रे बैंकले ४१ करोड ७९ लाख ५६ हजार, सिद्धार्थ बैंकले ३२ करोड ४० लाख ९१ हजार, नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार, लक्ष्मी सनराइज बैंकले ३३ करोड २३ लाख ३१ हजार, एनएमबी बैंकले ९१ करोड ५९ लाख ८३ हजार, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६९ करोड २१ लाख ६९ हजार रुपैयाँ नाफा कमाएका छन् ।

    त्यसैगरी हिमालयन बैंकले ७० करोड २८ लाख ९४ हजार, नेपाल बैंकले ५८ करोड ८२ लाख ८७ हजार, प्राइम कमर्सियल बैंकले १ अर्ब २५ करोड ८४ लाख ३० हजार, कुमारी बैंकले १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ ।

    समग्रमा ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । धेरैजसो बैंकहरू चर्को दबावमा रहेको तथ्याङ्कले देखाएको छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend