Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

ओरालो यात्रामा शेयर बजार


११, साउन २०८०
  • 166
    SHARES
  • ओरालो यात्रामा शेयर बजार

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २६ अङ्कले ओरालो लागेर चार सय तीन दशमलव ८४ मा सीमित भएको हो । 

    आज कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । कूल ६२ लाख ७१ हजार सात सय ७७ कित्ता शेयर दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार सात सय ८० मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ५७ लाख ५९ हजार नौ सय ६६ मूल्यमा खरिद बिक्री भएका छन् । 

    यस्तै हिमालयन लाइफ इन्स्योरेन्स रु आठ करोड ३६ लाख ६० हजार पाँच सय ७३,प्रोगेसिभ फाइनान्स रु छ करोड ८० लाख ७७ हजार,नेपाल पुनरबीमा कम्पनी रु छ करोड ११ लाख ७१ हजार र एभरेष्ट बैंक रु छ करोड तीन लाख ८० हजार, छ सय १६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार, एनआईसी एसिया फ्लेक्स फण्ड सात दशमलब ३९, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव ९०, इमर्जिङ नेपाल पाँच दशमलव ६६, अभियान लघुवित्त पाँच दशमलव ६१ र सिक्लेस हाइड्रोपावरको शेयर मूल्य चार दशमलव शून्य नौ प्रतिशतले बढेको छ । 

    यस्तै, किसान लघुवित्त आठ दशमलव ६८, प्रोगेसिभ फाइनान्स चार दशमलव ९८, माइ खोला हाइड्रोपावर चार दशमलव ९०, मिथिला लघुवित्त चार दशमलव ६७ र बरुण हाइड्रोपावरको शेयर मूल्य  चार दशमलव २० प्रतिशतले घटेको छ । 

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend