Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गायिका ज्योति मगर भन्छिन्, ‘झण्डा ओढ्ने राष्ट्रवादीहरू देखेँ, राष्ट्रप्रेमी देखिनँ’


२२, माघ २०८२
  • 94
    SHARES
  • गायिका ज्योति मगर भन्छिन्, ‘झण्डा ओढ्ने राष्ट्रवादीहरू देखेँ, राष्ट्रप्रेमी देखिनँ’

    काठमाडौँ । गायिका ज्योति मगर सामाजिक सञ्जालमा लेख्ने स्टाटसका कारण सधैँ चर्चामा आउँछिन् । उनी सामाज होस् वा राजनीतिक विकृति विसंगति, कडा आक्रोश पोख्छिन् ।

    अहिले भने उनले राष्ट्रिय झण्डाको आवरणमा देशलाई नै क्षति पुर्‍याउने प्रवृति बढेको भन्दै चिन्ता प्रकट गरेकी छन् । उनले सामाजिक सञ्जालमा बिहीबार एक पोस्ट गर्दै यस विषयमा चिन्ता पोखेकी हुन् ।

    ‘नेपालको झण्डा ओढेर राजनीति गरेको देखेँ, झण्डा ओढेरै देश छोड्दै गरेको र नागरिकता त्यागेको पनि देखेँ । देशकै झण्डा ओढेर देश नै खतम छ भन्दै गाली गरेको पनि देखेँ’, उनी लेख्छिन् ‘देशको झण्डा ओढेर  एक पटक देश बिदेशीलाई दियो भने भारतमा ब्रिटिसले बिकास गरे जस्तै बिकास गर्दिन्छन् भनेको नि देखे ।’

    झण्डा ओढेर देश जलाएको देख्दा आफूलाई सबैभन्दा बढी दर्द भएको उनले बताएकी छन् । उनी सबैभन्दा बढी पीडा देशमा हुने हिंसात्मक गतिविधि र त्यसलाई राष्ट्रवादको नाम दिनेहरूबाट भएको लेखेकी छन् ।

    ‘सबैभन्दा दर्द त त्यतिबेला भयो जब नेपालको झण्डा ओढेर नेपाल जलाएको देखेँ । देशको झण्डा ओढेर नेपाल जलेको खुसियालीमा ‘भिक्ट्री पोज’मा फोटो खिचेको देखेँ,’ उनको पोस्टमा छ । 

    धेरै झण्डा ओढ्ने राष्ट्रवादीहरू देखे पनि राष्ट्रियता र राष्ट्रप्रेमी नदेखेको उनको लेखाइ छ । ‘मुखौटा ओढेका राष्ट्रवादीहरूले राष्ट्रको झण्डा ओढेर राष्ट्र खोक्रो बनाउँदै गरेको लाचारपूर्वक टुलुटुलु हेर्नु मेरो आजभोलिको दिनचर्या भएको छ,’ उनले लेखेकी छन् । 

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend