Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्राङ्गारिक खेती अभियानमा न्यौपाने


१४, साउन २०८०
  • 117
    SHARES
  • प्राङ्गारिक खेती अभियानमा न्यौपाने

    चितवन । यहाँका एक किसानले प्राङ्गारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्राङ्गारिक खेती गर्दै अरुलाई पनि अभियानमा जोड्नुभएको हो ।
     
    न्यौपानेले भरतपुर–२५ मा नौ बिघा र वडा नं २८ मा सात बिघा जमिनमा प्राङ्गारिक तरकारी र खाद्यान्न उत्पादन गर्दै आउनुभएको छ । उहाँले प्राङ्गारिक मल र विषादी आफैँले बनाएर प्रयोग गर्ने गर्नुभएको छ ।
     
    मौसमअनुसारको तरकारीसँगै उहाँले खाद्यान्नबाली धान, गहुँ, मकै, तोरी लगाउने गर्नुभएको छ । उहाँले गोठे मल, कम्पोष्ट मल, जीवामृत, पञ्चामृत, वेष्ट डिकम्पोजर, निमास्त्रजस्ता मल र विषादी आफैँले उत्पादन गर्दै आएको बताउनुभयो । विसं २०७४ देखि तरकारीखेती सुरु गर्नुभएका उहाँ त्यसको दुई वर्षपछि पूर्णरुपमा प्राङ्गारिक खेतीतर्फ लाग्नुभएको हो ।
     
    उहाँका अनुसार वस्तुको आलो गोबर र पिसाबबाट जीवामृत बनाउने गरिन्छ । त्यसमा दालको पिठो, भेली, अक्सिजन दिने रुख मुनिको माटो मिसाएर जीवामृत बनाइन्छ । यसले माटोलाई मलका रुपमा परिणत गर्दछ । मौसमअनुसार १५ देखि २२ दिनसम्म राखेपछि यो तयार हुन्छ । यसलाई भाडोमा राखेर ‘स्प्रे’ गरिन्छ ।
     
    उहाँले धनजीवामृत बनाएर मलको काम गराउँदै आउनुभएको छ । यसमा जीवामृतमा प्रयोग हुने सामग्रीमा पिना र उखुको छोक्रा मिलाएर ४५ दिन राखेपछि तयार हुन्छ । यसले मलको काम गर्दछ । बोटको डाँठ र जरालाई बलियो बनाउन पञ्चामृत उहाँ आफैँले बनाउनुहुन्छ । यसले धेरैभन्दा धेरै फूल फुलाउने, फूल र बतिला झर्नबाट जोगाउने गर्दछ । एउटा भाँडोमा आलो गोबर घिउ मिसाएर चार पाँच दिन राख्ने गरिन्छ । यसैगरी अर्को भाडामा दूध, दही, केरा, भेली, हरियो नरिवलको पानी, बजारको केमिकल युक्त दाना नखाएको गाईको पिसाब, घोलेर चार पाँच दिन राखिन्छ । दुवैलाई मिसाएर ड्रममा बिर्को लगाएर २०–२२ दिन राख्नुपर्ने उहाँ बताउनुहुन्छ । दैनिकरुपमा यसलाई चलाउनुपर्छ । यसले पोषणको काम गर्दछ ।
     
    ‘वेष्ट डिकम्पोजर’ उहाँले बनाउने गर्नुभएको छ । यसको मुख्य बीउ भारतबाट आउँछ । त्यो गाईको पिसावबाट बनेको हुन्छ । त्यसमा भेली र पानी हालेर राखेर बनाउनुपर्छ । दुई सय लिटर पानीको ट्याङ्कीमा यो झोल १० लिटर र दुई किलो भेली मिसाएर बढीमा १० दिनमा तयार गरिन्छ । न्यौपानेले यसले बालीको जरालाई स्वस्थ बनाउने र हानिकारक किटाणुसँग लड्न सहयोग पु¥याउने बताउनुभयो ।
     
    किरा नियन्त्रणका लागि उहाँले निमास्त्र बनाउने गर्नुभएको छ । निमको पात, तितेपाती, सीताफलको पात, गाईको शुद्ध पिसाब मिसाएर एक महिना राखेपछि छानेर यसमा पानी थपेर बालीमा प्रयोग गरिन्छ । ढुसीका लागि आँकको पात, गाईको पिसाब बाक्लो हुने गरी पकाउने, अर्को भाँडामा मेवाको पात र पिसाब पनि बाक्लो हुने गरी पकाउने तथा सेलाएपछि दुवै मिसाउने गरिन्छ । यसमा घरको शुद्ध बेसार, पिरो खुर्सानीको लेदोसमेत मिसाएर एक हप्ता राख्ने गर्नुपर्छ । एक हप्तापछि लसुनको लेदो बनाएर मिसाउनु पर्छ । यसलाई ड्रममा राखेर १५ देखि २० दिनसम्म दैनिक घोलेपछि यो तयार हुन्छ ।
     
    दुई सय ५० मिलिलिटर यो झोल १६ लिटर पानीमा मिसाएर छरेपछि ढुसी नियन्त्रण हुने न्यौपाने बताउनुहुन्छ । यसरी आफैँले विभिन्न मल र औषधि तयार गरेर तरकारी तथा खाद्यान्न उत्पादन गर्दै गर्दा वर्षमा रु ३० लाख हाराहारीको बिक्री गर्न सकेको उहाँ बताउनुहुन्छ । उहाँले जग्गाको अवस्था हेरेर प्रतिकट्ठा एक वर्षको रु एक हजार दुई सयदेखि रु चार हजारसम्म तिर्ने गरी भाडामा लिएर खेती गर्दै आउनुभएको छ । प्राङ्गारिक खेती भएकाले अन्यको तुलनामा २० प्रतिशत हाराहारी बढी मूल्यमा उहाँले तरकारी तथा खाद्यान्न बिक्री गर्नुहुन्छ ।
     
    यहाँको उत्पादन बागलुङ, पोखरा र काठमाडौँ जाने गरेको छ । उहाँले मकैको च्याख्ला बनाएर बिक्री गर्दै आउनुभएको छ । आफ्नो वडालाई कम्तीमा ‘विष पकाउन छोड’ भन्ने अभियान उहाँले सुरु गर्नुभएको छ । स्थानीय २१ घरधुरीलाई रोजगारी दिलाउँदै आउनुभएका न्यौपाने प्राङ्गारिक उत्पादनको महत्व अझै बुझाउन नसकेको बताउनुहुन्छ । 

    रासायनिक मल र विषादी प्रयोग गरेको तुलनामा सस्तोमा आफूले उत्पादन गर्न सकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मलाई महँगोमा बेच्नै पर्दैन, किनभने मेरो उत्पादन लागत नै सस्तो छ ।” आफैँले मल र औषधि उत्पादन गर्ने भएकाले कम खर्चमा उत्पादन धेरै गर्न सकेको उहाँको भनाइ छ ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend